एक महिनाभित्र पञ्चेश्वर र महाकालीको विस्तृत परियोजना प्रतिवेदन आउछ : प्रम देउवा


Share This


नेपालबहस संवाददाता    168 Views

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर तथा मध्यमश्चिमाञ्चल क्षेत्रका विकासमा कायापलट ल्याउने आयोजना पञ्चेश्वर र महाकालीको एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर आउने जानकारी दिएका छन् ।

उनले भने, “ती दुई परियोजनाका डिपिआरका अतिरिक्त ती क्षेत्रमा सुख्खा बन्दरगाह, प्राविधिक शिक्षालय बन्दैछ ।”

गौरा पर्वको उपलक्ष्यमा प्रशंसा संरक्षण समूहद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गरी यसको सर्वस्वीकार्यतामा आफूले जोड दिएको बताए।

भाषा, संस्कृति, कलाका विविधताले नै नेपालको एकतालाई अक्षुण्ण बनाएको चर्चा गर्दै उनले यही सुन्दर एकताले नै देशलाई समुन्नत तथा बलियो बनाएको बताए।

सो अवसरमा विभन्न कलाकार तथा संस्कृतिकर्मीले गौरा पर्वमा गाइने लोकगीत कलात्मक रुपमा प्रस्तुत गरेका थिए ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनलाई सम्पन्न गर्दै सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ध्यान दिएको बताए ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले युवाको आर्थिक तथा सामाजिक विकास गर्न युवा केन्द्रित कार्यक्रममा सरकारले जोड दिएको उल्लेख गरे ।

समूहका अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसदहरु एनपी साउद, रमेश लेखक, कर्णबहादुर थापा, कलशा महरा तथा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले गौरा पर्वको उपलक्ष्यमा शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार