७३ प्रतिशत मतदान


Share This


नेपालबहस संवाददाता    121 Views

२ असोज, काठमाडौं । स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

बारामा ७५ प्रतिशत मतदान

बारा जिल्लामा साँझ ५ बजेसम्म ७५ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत जितेन्द्र थापाका अनुसार बाराका १६ वटा स्थानीय तहको ३०३ मतदानस्थल र ४५८ मतदान केन्द्रबाट आज बिहान ७ देखि बेलुका ५ बजेसम्म जारी मतदानमा ७५ प्रतिशत मतदान भएको छ ।

दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको बारामा तीन लाख ३४ हजार ७४६ मतदाताले आ–आफ्नो मतदान केन्द्रबाट शान्तिपूर्ण तरिकाले लाइनबद्ध भई मतदान गरेको जनाएको छ ।

स्थानीय प्रशासनले शान्तिसुरक्षाको राम्रो व्यवस्था गरेको हुनाले मतदाताहरु निर्धक्क भई मतदान गरेको र मतदान केन्द्रमा कुनै प्रकारको घटनासमेत नभएको कुरा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।

मतपेटिकाहरु सम्बन्धित मतदानस्थलमा आइपुगेपछि आज रातीदेखि नै मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदान भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार सप्तरीमा ६०, सिरहामा ६५, धनुषामा ६५, महोत्तरीमा ६२, रौतहटमा ६५, बारामा ६५, पर्सामा ६० र सर्लाहीमा ६० प्रतिशत भन्दा बढी मतदान भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आज अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गरेको जानकारी आयोगले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार