अलविदा ‘प्रकाश’


Share This


नेपालबहस संवाददाता    250 Views

३ मंसिर, काठमाडौँ । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको आज विहान निधन भएको हो ।

आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो।

अस्पताल स्रोतका अनुसार प्रकाश दाहाललाई पौने ६ बजे अस्पताल ल्याइपुर्याए पनि प्रारम्भिक रिपोर्टमा १ बजे नै पहिलो स्ट्रोक भएको देखिएको छ ।

यता, आमा सीता दाहालको पनि स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरको एक टोली लाजिम्पाट पुगेको छ ।

अस्पतालमा माओवादी नेताहरु आउने क्रम जारी रहेको छ । राम बहादुर थापा ‘बादल’ तथा गिरिराज मणि पोखरेल अस्पताल पुगेका छन् । यति बेला अस्पतालमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो भीड रहेको छ ।

प्रकाश प्रचण्डका एक्लो छोरा हुन् । तीन छोरी रहेकोमा जेठी छोरी ज्ञानु दाहालको क्यानसर रोगबाट निधन भएको थियो ।

प्रचण्डपुत्र प्रकाश दाहालको निधन, नर्भिक अस्पतालमा
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।

सधैं प्रचण्डसँगै हिँड्ने गरेका उनी मलाई सन्चो छैन भनेर चितवनको चुनावी कार्यक्रमलाई बीचमै छाडेर काठमाडौं फर्किएका थिए । उनी प्रचण्डसँग गोरखा, बाग्लुङ, झापा लगायत स्थानका कार्यक्रममा गएका थिएनन् । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

दाहालको निधनपछि नर्भिक अस्पतालमा पुगेका पत्नी सिर्जना त्रिपाठी र भाञ्जीहरू रोइरहेको कारूणिक दृश्य देखिएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार