माओवादी केन्द्रका केन्द्रीय सदस्य सहित ४ दर्जन नेता कार्यकर्ता काँग्रेसमा प्रवेश


Share This


नेपालबहस संवाददाता    145 Views

१२ मंसिर, काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित एमाले र राप्रपाका चार दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रक्षामन्त्रीसमेत रहेका काठमाडौं– ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीमसेनदास प्रधानले माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव तिमल्सिनासहित एमाले र राप्रपाका चार दर्जन नेता तथा कार्यकर्तालाई कांग्रेस भित्रयाएको आजको राजधानी दैनिकमा खबर छ ।

काठमाडौं–६ को तारकेश्वर नगरपालिका–२ पीपलबोटमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिमल्सिना र नेकपा एमालेका सुशील देवकोटासहित ४ दर्जन नेता तथा कार्यकर्तालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रधान र कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले कांग्रेस भित्र्याएको क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति श्याम खड्गीले जानकारी दिए ।

माओवादी केन्द्र छोडेर कांग्रेस प्रवेश गरेका तिमल्सिनाले लोभी पापीहरूको उदण्डता देखेर आफू सबैको अभिभावक पार्टी कांग्रेस प्रवेश गरेको बताए । उनले युवा शक्तिलाई कम्युनिस्ट शक्तिहरूले अपराधमा मात्र संलग्न गराउने काम गरेको भन्दै कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र अब जनताले समृद्धि चाहेको भन्दै त्यसको नेतृत्व पनि कांग्रेसबाट नै सम्भव हुने देखेर आफू कांग्रेस भित्रिएको बताए ।

कार्यक्रममा रक्षामन्त्री समेत रहेका उम्मेदवार एवं क्षेत्र नम्बर ६ का प्रतीनिधिसभा सदस्य पदका उम्मेदवार प्रधानले कम्युनिस्ट शक्तिहरूले जनतामा गठबन्धनका नाममा भ्रम छर्न खोजेको भन्दै कांग्रेसको नेतृत्वले नै मुलुकलाई आजको अवस्थासम्म ल्याएको र अब मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने बताए । यस्तै, जिल्ला सभापति सबुज बानियाँले वाम गठबन्धनको यथार्थ नेपाली जनताले बुझिसकेको भन्दै जनता कसलाई मत दिने भन्नेमा सचेत रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार