पूर्वप्रम खनाल चढेको गाडी नजिकै बम विस्फोट, नारायणगढमा शंकास्पद वस्तु फेला परेपछि यातायात अवरुद्ध


Share This


नेपालबहस संवाददाता    105 Views

१६ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार स्थान नजिकै शुक्रबार बम विस्फोट भएको छ ।

खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख विपीन कर्मचार्यले खनाल सवार गाडीलाई लक्षित नभई बाटोमुनिको कान्लाबाट विस्फोटको आवाज आएको बताए ।

प्रजिअ विष्णुप्रसाद पोखरेलले घटना सामान्य भए पनि विस्फोटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन खोजी भइरहेको जानकारी दिए । उनका अनुसार विस्फोट खनाल सवार गाडीभन्दा १५÷२० मिटर पर भएको थियो । जिल्लामा यस्तो घटना हुन नदिन एक भारतीयसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नारायणगढका दुई स्थानमा शंकास्पद वस्तु फेला

चितवनको मुख्य बजार नारायणगढमा दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ ।

स्थानीय पुल्चोक र शहीदचोकमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाते ग्रिनेटजस्तो देखिने वस्तु निष्क्रिय गर्नका लागि नेपाली सेनाको टोली सो स्थानमा पुगिसकेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

सो ग्रिनेटमा इम्प्रोमाइस डिभाइस प्रयोग गरिएको हुन सक्ने उनले बताए । सोका कारण केही समय बजार क्षेत्रमा यातायात अवरुद्ध बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार