मेयर शाक्यज्यू, कसले चोर्दै छ काष्ठमण्डपका पुरातात्विक काठ ?


Share This


नेपालबहस संवाददाता    66 Views

२५ पुस, काठमाडौं । काष्ठमण्डपको एक हजार १०० वर्ष पुरानो काठ वसन्तपुर क्षेत्रमा बेवारिसे छोडिँदा चोरी हुन थालेको छ । चुनाव प्रचारका बेला विभिन्न दलका नेताले पुरातात्विक महत्वको काष्ठमण्डप यथाशिघ्र निमार्ण हुने बताए पनि अहिले त्यो काम हुन सकेको छैन । पुरातात्विक महत्वको काठ काष्ठमण्डप, शिव पार्वती सत्तल, गृह मन्त्रालयअन्तर्गतको समारोह प्रबन्ध फाँटको कार्यालय रहेको चोक, भैरव मूर्ति अगाडि बेवारिसे अवस्थामा राखिएको छ । भूकम्पको ३२ महिना बित्दासमेत काष्ठमण्डप पुनःनिर्माण त परै जावस् पुरातात्विक चीजबीजको संरक्षणसमेत हुन सकेको छैन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिले काष्ठमण्डप पुनःनिर्माणको जिम्मा स्थानीयवासीको समिति र पछि काठमाडौँ महानगरपालिकालाई दिएको थियो । महानगरपालिकाले पुनःनिर्माण शुरु गरेको छैन भने भत्किएका पुरातात्विक महत्वका काठसमेत संरक्षण गर्न सकेको छैन् ।

सम्पदा संरक्षणको अभियानमा लाग्नुभएकी स्थानीयवासी सुमना श्रेष्ठ महानगरपालिका ऐतिहासिक महत्व बोकेका सम्पदा बनाउनभन्दा कमिसन खान लागेकाले काष्ठमण्डपका चीजबीज संरक्षण हुन नसकेको गुनासो गरे ।

“महानगरपालिकाले हनुमानढोका संरक्षण कार्यक्रममार्फत यहाँ छिरेका पर्यटकसँग पैसा असुल्छ, तर त्यो पैसा कहाँ खर्च गर्छ ? काष्ठमण्डप भत्किएपछि पुरातात्विक चीजबीजको संरक्षणका लागि पनि महानगरले ठाउँ उपलब्ध गराएन” उनले भने ।

काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानले गत वैशाखमा काठ नाप्न शुरु गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि महानगरले नै पुनःनिर्माण गर्ने निर्णय भएकाले कति काठ कहाँ कहाँ राखिएको छ भन्ने अभिलेख महानगरसँगै हुनुपर्ने बताउछन् अभियानकी इन्जिनियर बिनीता मगैया ।

हनुमानढोका संरक्षण कार्यक्रम प्रमुख उदय पसखलः भने काष्ठमण्डपको कति काठ छ भन्ने अभिलेख महानगरसँग नभएको बताउछन् । यो अभिलेख पुरातत्व विभागअन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डामै हुनुपर्ने उनको भनाइ छ ।

विभिन्न कलाकृति कुँदेर काष्ठमण्डपमा हालिएका झ्याल, ढोकालगायत पुरातात्विक चीजबीज भने सुरक्षित रहेको हनुमानढोका संरक्षण कार्यक्रमले दावी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार