प्रदेश ५ को काँग्रेस संसदीय दलको नेतामा पोखरेल


Share This


नेपालबहस संवाददाता    114 Views

६ चैत, काठमाडौं । प्रदेश नं ५ को नेपाली काँग्रेस संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल निर्विरोध चयन भएका छन् ।

ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय पोखरेल र अन्य चार जनाले गत फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदबारी दिएका थिए । हिजो अपराह्न २ बजे हुने भनिएको मतदानअघि नै लामो छलफलपछि रुपन्देहीका पोखरेलको नाममा सहमति जुटेपछि उनी संसदीय दलको नेता चयन भएका हुन् ।

संसदीय दलको नेताका लागि यसअघि पोखरेलसँगै पाल्पा काँग्रेसका सभापति वीरबहादुर राना, कपिलवस्तुका वीरेन्द्र कनौडिया, रुपन्देहीका फकरुद्दीन खाँ र दाङका डिल्लीप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका थिए ।

संसदीय दलको नेता चयनपछि उनले सरकारले गर्ने काम गुण र दोषका आधारमा समर्थन की विरोध गर्ने भन्ने तय हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार