पूर्वी र मध्यका सवै खोलानालाहरुमा उच्च बाढी, नागरिकलाई सतर्क रहन आग्रह !


Share This


नेपालबहस संवाददाता    34 Views

भोलिबाट देशका प्रमुखनदीहरुमा बहाब घट्ने पूर्वानुमान

काठमाडौंं । मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमान अनुसार आज देशका विभिन्न भूभागका साथै पूर्वी र मध्य भूभागमा मध्यदेखि भारी वर्षाको सम्भावना रहेको बताउँदै सतर्क रहन नागरिकलाई आग्रह गरेको छ।

वर्षातबाट ठूला नदी तथा खोलानालामा पानीको बहाव खतराको तहभन्दा माथि पुग्ने सम्भावना रहेको बताउँदै महाशाखाले सतर्क रहन तटिए क्षेत्रका वासिन्दालाई आग्रह गरेको हो।

झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, रौतहट, इलाम, ताप्लेजुङ, धनकुटा, ओखलढुङ्गा, दोलखा, सोखुखुम्बु, तेह्रथुम लागयतका नदीमा बहाव बढ्ने अनुमान गरिएको छ। कन्काई, कमला, बागमती नदीमा पनि बहाव खतराको तह बढ्ने अनुमान छ।

बुधबारदेखि सक्रिय मनसुन कमजोर हुँदै जाने महाशाखाले बताएको छ।

तपाईको प्रतिक्रिया