लाइसेन्सको फारम साउन १ गतेदेखि खुल्ला हुँदै


Share This


नेपालबहस संवाददाता    54 Views

 

काठमाडौं । यातायतको लाइसेन्स फारम साउन १ गते देखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले एक महिना अघिदेखि बन्द गरेको लाइसेन्स परिक्षाको अनलाईन फारम खुल्ला गर्न लागको हो।

आन्तरिक हिसाब तथा अडिट गर्न भन्दै विभागले अनलाइन फारम बन्द गरेको थियो। विभागले आज एक सुचना जारी गर्दै मोटरसाइकल, लाइट हेभि गाडीको लगायतको सवारी लाइसेन्स परिक्षाको लागि अनलाईन फारम १ गते देखि देशभर खुल्ला हुने जानाकारी गराएको हो।

लाइसेन्स लिनको लागि सेवा पुन सुचारु भएको छ। विभागले ड्राइभर भिसामा विदेश जान चाहने, नेपाली सेना, नेपाल प्रहरी, मिसनमा जान चाहने व्यक्तिका लागि भने इमर्जेिन्स लाइसेन्स वितरण गर्दै आएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार