बाढी तथा पहिरो पीडितहरुको निरन्तर उद्धारमा नेपाली सेना


Share This


नेपालबहस संवाददाता    55 Views

काठमाडौं । बुधबार राती देखि परेको अविरल बर्षाको कारण देशको विभिन्न स्थानहरुमा बाढी तथा पहिरो गएपछि पीडितहरुको उद्धारमा नेपाली सेना खटिएको छ ।

सेनको विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले बिहिबार काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका २ पुलबजारमा डुबानमा फसेका ४ जनाको उद्दार गरेको ।

साथै, उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्ट ‘डिजास्टर असिस्टेन्स रिस्पोन्स टिम’ सहित नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट काभ्रेको नमोबुद्ध नगरपालिका ६ रोशी खोलाको बीच ढुङ्गामा फसेका २ जनाको उद्दार गरेको छ ।

विहिबार नै सेनाको रणचण्डीदल गण, खरिपाटीबाट खटिएको टोलीले चाँगुनाराण नगरपालिका ७ मा अविरल वर्षाको कारण घर भत्किई मृत्यु भएका ३ जनाको शव तथा घरका सामानहरु बाहिर निकाल्ने कार्यमा सहयोग गरेको छ ।

त्यस्तै सेनाको कम्पोजिट क्विक रेस्पोन्स टिम, वीरदल गण सुर्यविनायक, नं.१ विपद् व्यवस्थापन गण सुन्दरीजल र नं.१४ वाहिनी अड्डा गौचरबाट खटिएको टोलीले डुबानमा परेका भक्तपुर जिल्लाको राधे राधे ईलाकाबाट ३० जना र मध्यपुर ठिमी ईलाकाबाट २० जनाको उद्दार गरेको । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार