एक महिने व्युटिसियन तालिम सम्पन्न ‘फोटो फिचर’


Share This


नेपालबहस संवाददाता    36 Views

वीरगंज । निल्स व्युटीपार्लर एण्ड टे«नि· सेन्टरले संचालन गरेको एक महिने व्युटिसिन तालिम सम्पन्न भएको छ । तालिममा सहभागी महिलाहरुलाइ नगर प्रमुख विजय कुमार सरावगी तथा प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूषालले प्रमाण पत्र समेत वितरण गरेको बताइएको छ ।

कार्यक्रमा तालिम प्राप्त महिलाहरुको उतोरत्तर प्रगती शुभकामना व्यक्त गर्दै नगर सरावगीले नारी शक्तिलाइ बलियो तथा आत्मविश्वास बनाए मात्र समाजको बिकास हुने धारणा व्यक्त गरेका छन् ।

उनले वीरगंज महानगरपालिकले समाजिक उत्तर दायीत्व अन्तरगतको विभिन्न कामहरु गर्दै आएको बताउदै समाजको बिकासको लागी आधा शक्तिको रुपमा रहेको महिलाहरुको विकासलाइ मुख्य प्राथमिकतामा राखेको कुरा बताए ।

कार्यक्रमा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्म कुमार भूषालले तालिमबाट प्राप्त सिपलाइ सात्वीक प्रमावकारिताको शुभकामना व्यक्त गरेका छन् ।

उनले आउने समयमा वीरगंज वासिको सुन्दरतालाइ अझ सुन्दर बनाउन तालिम प्राप्त व्युतिसियनहरुका भुमिका प्रभावकारी हुने आशा व्यक्त गरे ।

निल्स व्युटीपार्लर एण्ड टे«नि· सेन्टरका संयोजक पुलकित कुमारको अध्यक्षतामा सम्पन्न भएको प्रमाण पत्र वितरण कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मि ,राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया