नेपाली कामदारले विदेशमा उचित पारिश्रमिक पाउँदैनन्


Share This


नेपालबहस संवाददाता    85 Views

१८ माघ, काठमाडौं । आप्रवासी कामदारको अधिकारका लागि संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जाले मोरासले नेतृत्वको टोलीले नेपाली आप्रवासी कामदारको अवस्था र अधिकारका बारेमा राष्ट्रिय मानव अधिकार आयोगसँग आज छलफल गरेको छ ।

छलफलका क्रममा टोलीले नेपाली आप्रवासी कामदारको भर्ना प्रक्रिया, स्वदेश फर्केका कामदारको पुनःएकीकरण, शरणार्थीको अवस्था एवं आयोगबाट भएका प्रयासका बारेमा चासो व्यक्त गरेको थियो । आयोगका अध्यक्ष अनुपराज शर्माले भारतमा रहेका नेपाली कामदारको मानवाधिकारको अवस्था तथा आप्रवासी कामदारको अधिकारका लागि आयोगबाट हालसम्म भएका प्रयासका बारेमा जानकारी दिए ।

आयोगका प्रवक्ता मोहना अन्सारीले नेपाली आप्रवासी कामदारले विभिन्न मुलुकमा अतिरिक्त समयसमेत काम गर्नुपरे तापनि उचित पारिश्रमिक प्राप्त हुन नसकेको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार