नगरको रेखरेखका लागि नगर प्रहरी भर्ना, रोजगारीको अवसर


Share This


नेपालबहस संवाददाता    46 Views

भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगरप्रहरी भर्ना गरेको हो ।भर्ना भएका ती नगरप्रहरीलाई नगरपालिकाले तालीम दिन थालेको छ । तालीम सम्पन्न भएसँगै उनीहरूलाई नगरपालिका क्षेत्रको रेखदेखका लागि परिचालन गरिने नगर प्रमुख वासुदेव थापाले बताए ।

उनले भने , “नगरपालिकाले नगर प्रहरीको तालीम सकिएलगत्तै नगरको रेखरेखका लागि परिचालन गर्नेछ । उनीहरुले नगरपालिकाको मापदण्ड र नियम बाहिर गएर गर्ने कुनै पनि कार्यलाई हटाउने छन् ।” नगरप्रहरी राख्ने भक्तपुरमा सूर्यविनायक पहिलो नगरपालिका हो । आवश्यकताअनुसार नगरप्रहरीको संख्या थपिँदै जाने बताइएको छ ।

तपाईको प्रतिक्रिया