एकताको मिति यथाशक्य छिटो तय गर्न आकस्मिक बैठक


Share This


नेपालबहस संवाददाता    19 Views

काठमाडौँ । नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बुधबार ४ बजेका लागि बैठक डाकिएको हो । बैठकमा माओवादीसँग गर्न लागेको पार्टी एकताको मिति यथाशक्य छिटो तय गर्नका लागि छलफल हुने भएको छ ।

सरकार सञ्चालनमा असन्तुष्टि जनाएका माओवादीहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण आएका बेला प्रधानमन्त्री केपी ओलीले देखाएको व्यवहारबाट थप रुष्ठ भएका छन्।  पछिल्लो केही दिन यता चिसिएको सम्बन्धलाई सामान्य बनाउन प्रधानमन्त्री ओली आफैंले सकृयता देखाएका छन् ।

तपाईको प्रतिक्रिया