भारतमा लगाइएको नेपाली अदुवामाथिको प्रतिबन्ध फुकुवा


Share This


नेपालबहस संवाददाता    91 Views

काठमाडौं । भारतले विभिन्न बहानामा नेपालको काँचो अदुवा आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको छ । काँचो अदुवा आयात विभिन्न बहानामा विगत केही वर्षदेखि भारतले रोक लगाउँदै आएको थियो ।

भारतीय पक्षले नेपाल भारत व्यापार सन्धि अनुसार प्रतिबन्ध फुकुवा गरेको भनेको छ । नेपाल भारत व्यापार सन्धिको बुँदा ४ र ५ मा नेपालको कृषि उत्पादनमा निशुल्क निर्यात हुने भनिएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रवि शंकर सैजुले बताए ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रवि शंकर सैजुले नेपालको अदुवा निकासी पहिला पनि पुर्ण रुपमा प्रतिवन्ध नभएको तर भारतमा आयात गर्नेलाई लाइसेन्स चाहिनेमा त्यो अहिले नचाहिने बनाइएको बताएका छन् ।

उनका अनुसार अब भारतमा जाने नेपालको अदुवाका लागि प्रमाणीकरण चाहिने भएको छ ।  यसअघि नेपाली अदुवामा चिनियाँ अदुवा मिसाएको भन्दै भारतले अदुवा प्रतिबन्ध लगाएको थियो ।

तपाईको प्रतिक्रिया