संयुक्त राष्ट्रसंघ द्धारा २ जना पत्रकारको तुरुन्त रिहाइ गर्न माग


Share This


नेपालबहस संवाददाता    29 Views

त्रिपोली । लिबियाको जेलमा रहेका भनिएका पत्रकारको रिहाइका लागि संयुक्त राष्ट्रसंघीय मिसनले माग गरेको छ । लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न उक्त कार्यालयले माग गरेको हो ।

ती दुई जना पत्रकारलाई बिना पक्राउ पूर्जी थुनामा राखिएकोमा विरोध पनि भई आएको थियो । दुई जना पत्रकारलाई लिबिया सरकारले अप्रिलको अन्तिम हप्तादेखि थुनामा राखेको छ । तर उनीहरुलाई के कति कारणले पक्राउ गरिएको हो भन्ने बारेमा मौखिकरुपमा बताएको भएपनि पक्राउ पूर्जी दिइएको छैन ।

बिना पक्राउ पूर्जी र कारण पत्रकारलाई सरकारले नै यसरी लामो समयसम्म थुनामा राख्दा प्रेस स्वतन्त्रता तथा नागरिकको विचार तथा अभिव्यक्ति अधिकार हनन् भएको भन्दै उनीहरुको रिहाइको माग गरेको हो ।

लिबियामा शान्ति स्थापनाको कार्यमा रहेको राष्ट्रसंघीय मिसन, युएनएसएमआइएलले ती पत्रकारको रिहाइको माग गरेको समाचारमा जनाइएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया