पूर्वी भारतीय राज्य बिहारमा चट्याङ : पाँचको मृत्यु


Share This


नेपालबहस संवाददाता    35 Views

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य बिहारमा चट्याङमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले सोमबार यस दुर्घटना र हताहतको पुष्टि गरेका छन् । विहार राज्यको आरङ्गवाद जिल्लामा चट्याङ्बाट यो क्षति पुगेको हो ।

आरङ्गावाद जिल्लाको एक स्थानीय घाटमा अन्त्येष्टिका लागि आइतबार करीब २० जना व्यक्ति जम्मा भएकोे स्थानमा चट्याङ परेको भारतको प्रकोप व्यवस्थान विभागका एकजना अधिकारीले जानकारी दिएका छन् ।

पाँच व्यक्तिको दुर्घटनास्थलमा मृत्यु भएको थियो । घाइतेहरुलाई स्थानीय अपस्पतालमा उपचारका लागि भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया