समुद्री इलाकामा डुङ्गा दुर्घटना : एकको मृत्यु १८ बेपत्ता


Share This


नेपालबहस संवाददाता    28 Views

क्वालालम्पुर । मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन् ।

इन्डोनेसियाबाट गैरकानूनी आप्रवासीहरुलाई लिएर आएको डुङ्गा दुर्घटनामा परेको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । इन्डोनेसियाको बाटामबाट आइतबार राती मलेसियातर्फ आएको डुङ्गामा ४४ जना यात्रु रहेका थिए । डुङ्गाका यात्रुमध्ये २५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

अहिले सम्म हराइरहेका मध्ये १८ जनाको खोजी तथा उद्धार कार्य भइरहेको छ । एक उच्च अधिकारीले एएफपीसँग जानकारी दिए अनुसार
क्षमताभन्दा बढी यात्रु ल्याएको र खराव मौसमका कारण डुङ्गा दुर्घटना भएको अनुमान गरिएको छ ।

डुङ्गा दुर्घटना भएको ठाउँको १५० वर्गमिटर क्षेत्रमा खोजी कार्य जारी राखिएको छ । खोजी तथा उद्धारका लागि सरकारका विभिन्न निकायका १५० जना अधिकारीहरू, सात डुङ्गा र पानी जहाज तथा हेलिकोप्टर पनि परिचालन गरिएको छ ।

काम खोज्दै इन्डोनेसियाका अवैध आप्रवासीहरू वेला वेलामा यसैगरी मलेसिया जाने गर्दछन् । एजेन्सी

तपाईको प्रतिक्रिया