राष्ट्रपति ट्रम्प र पुटिन यही जुलाई १६ तारिखमा भेटवार्ता हुने


Share This


नेपालबहस संवाददाता    30 Views

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ ।

उनीहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन् । लामो समयदेखि प्रतिक्षा गरिएको उनीहरूको शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उनीहरूको शिखर वार्ताको बारेमा सहमति गरी निर्णय भएको उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सिन्कीमा भेटवार्ता गर्न लाग्नुभएको क्रेमलिनले जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया