पूर्वी प्रान्त नान्गाहारमा कारबम विस्फोट, वरिष्ठ कमाण्डरसहित तीन आतङ्ककारीको मृत्यु


Share This


नेपालबहस संवाददाता    26 Views

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा कारबम विस्फोटमा परी तालिबानका एक वरिष्ठ कमाण्डरसहित तीन आतङ्ककारी मारिएका छन् ।

यस विस्फोटमा परी कम्तीमा चार जना तालिबान घाइते भएका छन् । प्रान्तीय सरकारका प्रवक्ता आताउल्लाह खोगीआनीले यस घटना र हताहतको पुष्टि गरेका छन् ।

नान्गाहार प्रान्तको खोगाीआनी जिल्लामा एउटा कारमा बम जडान गरिएको र सोही विस्फोटमा परी तालिबानका वरिष्ठ कमाण्डर मुल्लाह हाकिमुल्लाहसहित तीन आतङ्ककारी मारिएका हुन् ।

तपाईको प्रतिक्रिया