मुम्बईमा भारी वर्षा हुँदा रेलसेवा प्रभावित, यात्रु समस्यामा


Share This


नेपालबहस संवाददाता    30 Views

मुम्बई । मुम्बईमा लगातार तिन दिनसम्म भारी बर्षा हुने त्यहाको मौसम पूर्वानुमानले अनुमान गरेर सुचना प्रकाशित गरी सर्तकता अपनाउन आग्रह गरेको छ ।

मौसम सक्रिय भएसंगै लगातार आजको दिन देखि पर्सि बिहान सम्म करिब ४८ घण्टा भारी मात्रामा बर्षा हुने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको समाचार अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन् ।

पूर्विय न्यून चापिय रेखाका कारण सक्रिय रहेको मौसम जुलाई सम्म जारी रहने मौैसम पूर्वानुमान अनुमान गरेको छ । लगातार बर्षा र अबको केही सम्म हुने भारी बर्षाका कारण मुम्बईमा रेल सेवा समेत प्रभावित भएको छ ।

बर्षा भइरहदा त्यहाको स्थानियको जनजीवन अस्त व्यस्त भएको छ। केही दिनक देखि जारी बर्षा बुधवार भारी बर्षा हुने हुदाँ सर्तकता अपनाउन भनिएको छ ।

भारतको नयां दिल्ली देखि मुम्बईसम्म चल्ले रेल बर्षाका कारण प्रभावित भएका छन् । लगातारको बर्षाले रेल स्टेशन र लिंक जलमग्न भएर डुबेपछि यात्रुहरु समस्यामा परेको सेन्ट्रल नयाँ दिल्लीका एक अधिकारीले बताए । एजेन्सी

तपाईको प्रतिक्रिया