बाढीबाट दक्षिणी श्रीलंकामा आठ हजार स्थानीय प्रभावित


Share This


नेपालबहस संवाददाता    67 Views

कोलम्बो । श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आइतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका छन् ।

प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदीप कोदिप्पीलीले सोमबार आएको भारी वर्षाका कारण ती व्यक्ति घर बस्न नसकेका अन्यत्रै सार्नुपरेको बताए ।

शनिबारदेखि निरन्तर भएको वर्षा सोमबार बिहान रोकिएको छ । तर पनि सोमबार बेलुका पनि थप वर्षा हुने आशंका गरिएको छ । यसका कारण स्थानीयवासीलाई सतर्क रहन पनि भनिएको छ ।

श्रीलंकामा सन् २०१७ मा कैयौँ जिल्लामा आएको बाढी र पहिरोमा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया