निर्माणाधीन आकासे पुल भत्किँदा १२ जनाको मृत्यु


Share This


नेपालबहस संवाददाता    45 Views

नयाँ दिल्ली । उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल भत्किँदा १२ जनाको मृत्यु भएको छ । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किदा केही व्यक्ति भग्नाबशेषमा फसेको प्रहरीले जनाएको छ ।

घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो । भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुन पुगेको छ ।

घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

एक प्रहरी अधिकारीले घटनामा केही व्यक्तिको निधन भएको भएपनि उद्धार जारी रहेकाले मृतकको सङ्ख्या यकीन भैनसकेको बताए । एजेन्सी

तपाईको प्रतिक्रिया