डा. केसीको गिरफ्तारीप्रति कांग्रेसको विज्ञप्ति


Share This


नेपालबहस संवाददाता    29 Views

काठमाडौं । नेपाली कांग्रेसले जुम्लामा गरिएको डा.गोविन्द केसीको गिरफ्तारीप्रति आपत्ति जनाएको छ । सोमबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी डा.केसीको गिरफ्तारीलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएका हुन् ।

विज्ञप्तिमा सरकारको यो कदमले लोकतन्त्रको मूल्यप्रतिको विश्वासमा प्रश्न खडा गरेको जनाइएको छ । सरकार पछिल्लो समय निकै हचुवा शैलीमा प्रस्तुत हुँदै गएको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ–‘सरकारका गलत कर्महरुको विरोध गर्न संसद, सडक या प्रेस मार्फतको प्रस्तुति विल्कुलै स्वभाविक हुन्छ भने न्यायोचित माग राखेर अनशनको सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रुपमा लिइन्छ । तर संसदमा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगतमा क्रमशः हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्ने, यो क्रमिक श्रृंखलाले सरकारको लोकतान्त्रिक मूल्यप्रतिको विश्वासमा प्रश्न खडा गरेको छ ।’

विज्ञप्तिमा सरकार गम्भीर नबने संसद, सडक, प्रेस, सामाजिक सन्जाल र अनशन समेतको चौतर्फी दबाब झेल्न कठिन हुने चेतावनी समेत दिइएको छ । केही दिन अघि अनसन बस्न जुम्ला पुगेका डा. केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

तपाईको प्रतिक्रिया