सरकारको विरोध गर्दै नेविसंघद्धारा माइतीघर मण्डलामा बृहत प्रदर्शन


Share This


नेपालबहस संवाददाता    98 Views

काठमाडौं  । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

अध्यक्ष नैनसिंह महर नेृत्वको नेविसंघका नेता कार्यकर्ताले माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधामन्त्री केपी शर्मा ओली ‘नयाँ राजा बन्न खोजेको’ आरोप लगाउँदै चर्को नाराबाजी गरेका हो ।

ओलीको शिरमा श्रीपेच लगाइएको फोटोसहितको ब्यानर बोकेका नेविसंघ नेता कार्यकर्ताले ‘कम्युनिष्ट अतिवाद देखियो, न्यायको घाँटी रेटियो’, ‘अधिनायकवाद मुर्दावाद’ ‘गोविन्द केसीको माग सम्बोधन गर’ लगायतका नारा लगाएका थिए ।

सरकारले तत्कालित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनावी आचारसंहिता उलंघन गरी गरेका राजनीतिक नियुक्ति खारेज गरिदिएसँगै कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार