सिंहदरवारको दक्षिण गेट अगाडि शान्ति समाजको धर्ना र प्रदर्शन


Share This


नेपालबहस संवाददाता    31 Views

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सरकारले गरेका स्वेच्छाचारी निर्णय र स्वतन्त्रता विरोधी गतिविधि गरेको भन्दै आन्दोलन सुरु गरेको छ । मंगलबार सिंहदरवारको दक्षिण गेट अगाडि गरेको धर्ना र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको बताइएको छ ।

२५ जना प्रहरी हितासत अनामनगरमा

प्रदशैनमा आएका मध्ये २५ जना मानव अधिकारकर्मीलाई प्रहरीले हिरासतमा लिई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखेको छ । पक्राउ पर्नेहरु कृष्ण पहाडी, डा। गंगाधर अधिकार, कृष्ण कँडेल, उत्तम पुडासैनी, रेणुका पौडेल, बटुककृष्ण ढुंगेल लगायत छन् ।

तपाईको प्रतिक्रिया