प्रधानमन्त्री ओली गंगालालमा


Share This


नेपालबहस संवाददाता    42 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शुक्रबार गंगालाल हृदयरोग पुगेका छन् ।

शुक्रबार गंगालाल हृदयरोग केन्द्र पुगेर प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिदै आलमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

आलम गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट–२ बाट वामगठबन्धनको तर्फबाट उम्मेद्वार थिए ।

तपाईको प्रतिक्रिया