निधिसहित कांग्रेस नेताहरु युरोप भ्रमणमा


Share This


नेपालबहस संवाददाता    58 Views

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि सहितको टोली बुधबार युरोप जादै छ । नेपाली जनसम्पर्क समन्वय समिति युरोपको विस्तारित बैठक र पोर्चुगलको अधिवेशनमा प्रमुख अतिथिकारुपमा सहभागी हुन निधि युरोप जान लागेको बताइएको छ ।

बुधबार बिहान ९ बजेर ५५ मिनेटमा कतार एयरलाइन्सको उडानबाट युरोप जान लागेको कांग्रेसमा आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेलले बताए ।

आगामी जुलाई २१ का दिन युरोप स्तरीय नेपाली जनसम्पर्क समन्वय समिति अध्यक्षहरुको सहभागितामा पोर्चुगलमा भेलाको आयोजना हुदैछ भने २२ जुलाईमा नेपाली जनसम्पर्क समन्वय समिति पोर्चुगलको अधिवेशन हुदैछ ।

उपसभापति निधिसंगै कांग्रेस केन्द्रिय सदस्यहरु गोविन्द भट्टराई, गगन थापा, प्रदिप पौडेल, आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेल लगायत ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिला दाहाल, कांग्रेस नेता नवराज गुरुङ र पार्टी कार्यालय सचिव केशव रिजाल पनि संगै जाने बताइएको छ ।

निधि दुवै कार्यक्रम सम्पन्न भए लगत्तै २३ जुलाईमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार