अनसनरत डा.केसीलाई राजपाको सर्मथन


Share This


नेपालबहस संवाददाता    46 Views

काठमाडौं । राष्ट्रिय जनता पार्टी ‘राजपा’ पनि अनसनरत डाक्टर गोविन्द केसीको सर्मथनमा लागेको छ । अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेला राजपाले केसीको जीवन रक्षाका माग गर्दै सरकारलाई लचकताका साथ प्रस्तुत हुन सुझाव दिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको हो ।

गोविन्द केसीको आमरण अनसन तोडाउन वार्तामा जोड दिन पनि सरकारसँग आग्रह गरिएको नेता राजकिशोर यादवले बताए । बैठकले वरिष्ठ चिकित्सक केसीबारे सरकारले दिने गरेको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ ।

पार्टीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाउने निर्णय पनि अनुमोदन गरेको छ । त्यसैगरी महाधिवेशनको तयारीको कामलाई तीव्रता दिने निर्णय पनि गरिएको नेता यादवले बताए ।

राष्ट्रि जनता पार्टी, नेपालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि ‘बुधबार’ पुनः अध्यक्ष मण्डलको बैठक बोलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार