नेता र कार्यकर्ता कांग्रेसमा प्रवेश


Share This


नेपालबहस संवाददाता    84 Views

१६ असोज, काठमाडौं । नेपाली काँग्रेस रुपन्देहीद्वारा स्थानीय मझगाँवामा आज आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय बसिउद्दिन खाँ, फकरुद्दिन खाँ, नेपाल लोकतान्त्रिक फोरमका वशिष्ठमणि त्रिपाठी, युवा व्यवसायी प्रमोद यादवसहित सयौँ नेता कार्यकर्ता कांगे्रसमा प्रवेश गरेका छन् ।

उनीहरुलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरुले पार्टी प्रवेश गराएका थिए ।

यसैबीच, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसले टिकट वितरण समयमै गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस नेता साउदले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा ढिलाइका साथै उम्मेदवार व्यवस्थापनमा समस्या हुँदा पार्टीलाई घाटा भएको विचार व्यक्त गरे । आगामी निर्वाचनमा व्यवस्थित रुपमा उम्मेदवार छनोट प्रक्रिया थालिएको जानकारी उनले दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार