गृहमन्त्रीको निर्देशन : समयमा काम नगर्ने ठेकेदारलाई जेल हाल्नुस्


Share This


नेपालबहस संवाददाता    34 Views

काठमाडौं । सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई गृहमन्त्री रामबहादुर थापा बादलले सिदै जेल हाल्न निर्देशन दिएका छन् ।

गृहमन्त्री थापाले समयमै काम पुरा नगर्ने तथा कमसल काम गर्ने ठेकेदारहरुको सूची बनाउन निर्देशन समेत दिएका छ्न । बिभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौं, ललितपुर महानगरपालिका मेयर, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको बैठक बोलाएर गृहमन्त्री बादलले सडक र ट्राफिक व्यवस्थापनबारे यसअघि भएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिए ।

निर्णय कार्यान्वयन फितलो देखिएको भन्दै गृहमन्त्रीले असन्तुष्टि जनाएको एक सहभागीले बताए । उनले अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु कुनकुन कार्यान्वयन भए त्यसको विवरण सहित आउन निर्देशन दिए ।

तपाईको प्रतिक्रिया