नेपालगञ्ज डुबानमा, स्थानीयलाई सुरक्षा सर्तकता अपनाउन आग्रह


Share This


नेपालबहस संवाददाता    24 Views

बाँके । अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेपछि स्थानियलाई सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको छ । अविरल रुपमा परेको पानीले न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न छन् ।

यस्तै पानीले नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबानमा परेको छ ।

बजार र ग्रामिण बस्ती नै डुबानमा परेपछि स्थानीयबासीको दैनिकी प्रभावित भएको छ । यातायात आवामन र व्यवसाय प्रभावित भएको स्थानीयबासीले बताएका छन् । स्कुल कलेज जाने विद्यार्थी, कर्मचारी र कामविशेषले घर बाहिर जानुपर्नेहरु समस्यामा परेका छन् ।

डुबानको समधान कहिले

नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रुपमा चिनिएको छ । वर्षेनी हुने डुबानको समस्या समाधानको उचित पहल अहिले सम्म भएको छैन ।

पानी निकासको प्रवन्ध नमिलाउँदा र सीमा क्षेत्रमा भारतीय पक्षले बाँध बाँध्दा नेपालगन्ज डुबानमा पर्ने गरेको स्थानियवासी बताउछन्। भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् ।

वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सुचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा, राप्तीसोनारी र नदी आसपासका नागरिकलाई अग्लो तथा सुरक्षित स्थानको खोजी गर्न आग्रह गरेको नेपालबहसलाई जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया