पश्चिम राप्ती र बबईमा बाढीको जोखिम : मोबाइलमा सुचना


Share This


नेपालबहस संवाददाता    32 Views

आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं । अबिरल बर्षाले बर्दियाको बबई नदी र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । बाढीसँगै त्यस क्षेत्रमा पहिरोको समेत खतरा बढेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

बाढी पहिरोको जोखिम बढेसँगै विभागले त्यस आसपासका बासिन्दालाई सतर्कता अपनाउन मोबाइलमा म्यासेज पठाइएको महानिर्देशक डाक्टर ऋषिराम शर्माले बताएका छन् । बबई र राप्ती नदीमा पानीको बहाव बढ्दै गएको छ । खतराको संकेत थपिदै गएको र त्यही अनुसार सूचना प्रवाह गरिरहेको उनले बताए ।

बाढी तथा पहिरोको जोखिमबारे थाहा पाउन मोबाइलबाट ११५५ मा एसएमएस गर्न सकिनेछ । बबई नदीमा बाढी आए बर्दिया, सुर्खेतका केही भाग डुबानमा पर्ने सम्भावना हुन्छ ।यस्तै पश्चिम राप्तीको बाढीले बाँके, दाङमा जोखिम बढ्छ ।

यसअघि पनि यी दुई नदीमा आएको बाढीले क्षति पु¥याउने गरेको थियो । पानी पर्ने क्रम नरोकिएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

यसैबिच, लगातार परेको पानीका कारण वर्दियाको मधुवन नगरपालिका ५ र शुक्रवस्तीका ३४ घर डुबानमा परेका छन् ।

स्थानीय खोलानालामा आएको बाढी र वर्षाका कारण घर डुबानमा परेको मेयर गणेश केसीले बताए । डुबान प्रभावितहरुलाई स्थानीय मधुवन शुक्रमाविमा राखिएको छ ।

प्रभावितलाई चाउचाउ लगायतका खानेकुरा वितरण गरिएको छ । नगरपालिका र प्रहरीले संयुक्त रुपमा विस्थापितको उद्दार गरेका हुन् । वर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढीलगायतका ठाउँमा पनि बाढीले घर डुबानमा परेका छन् ।

तपाईको प्रतिक्रिया