डुबान कम गर्न स्थानीयले गण्डक बाँध भत्काए


Share This


नेपालबहस संवाददाता    34 Views

नवीन पौडेल

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ताका स्थानीयले गण्डक बाँध भत्काएर पानी निकास गराएका छन् । गण्डक बाँधका कारण वर्षात्‌को पानी निकास नहुँदा सयौं विगाहा जमिन र बस्ती डुबानमा परेको छ ।

सुस्ता गाँउपालिका–२ गुडरियास्थित नहरको बाँध मंगलबार बिहान भत्काएर बस्तीको पानी नहरमा हालिएको छ। तत्कालका लागि पानीको निकास भएपनि थप वर्षा भए नहर भरिएर फेरि बस्तीमा पस्ने जोखिम रहेको स्थानीय बताउँछन्।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले स्थानीयले बस्ती जलाम्य भएको भन्दै निकासका लागि नहर खनेको जानकारी पाएको बताए। गतवर्ष पनि सुस्ताका स्थानयीले बाँध भत्काएर पानी निकास गराएका थिए।

तपाईको प्रतिक्रिया