बाँके खुला दिसामुक्त हुने तराईको ९ औं जिल्ला घोषणा


Share This


नेपालबहस संवाददाता    41 Views

नेपालगञ्ज । बाँकेलाई आज खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । बाँके खुला दिसामुक्त हुने मुलुकको ५७ औं र तराईको ९ औं जिल्ला हो । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आज एक कार्यक्रमका बीच बाँकेलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो ।

जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव राजकुमार चौधरीले बाँकेमा रहेका सबै ९३ हजार ४ सय २२ घरधुरीमा शौचालय निर्माण गरेपछि जिल्लालाई आज खुला दिसामुक्त घोषणा गरिएको हो । सरकारको रणनीतिक लक्ष्य भन्दा दुई बर्ष ढिलो गरी बाँकेलाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार