गाला डाम्ने धामी ५० हजार धरौटीमा रिहा


Share This


नेपालबहस संवाददाता    85 Views

रामेछाप । धामी रवीन्द्र नेवार ५० हजार धरौटी बुझाएर रिहा भएका छन् । बोक्सी भगाउने भन्दै लिखु तामाकोसी गाउँपालिका-१, दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा फलामे पुन्यूले डाम्ने धामी रवीन्द्र नेवार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।

जेठको अन्तिम साता पेटको बिरामी परेकी दर्जीलाई झारफुक गर्न आएका ओखलढुंगा रगनीका धामी रवीन्द्र नेवारले बोक्सी भगाउने भन्दै फलामको पुन्यू तताएर दर्जीको गाला डामेका थिए ।

सिस्नु पानी लगाउँदै पुन्यूले डामेपछि दर्जी बेहोस भएकी थिइन् । रोग निको पार्न आएका उनी दर्जी बेहोस भएपछि फरार भएका थिए । प्रहरीले सेलेघाटबाट पक्राउ गरी बोक्सी ऐनबमोजिम मुद्दा चलाएको थियो ।

बिहीबार रामेछाप जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले धामीलाई ५० हजार धरौटी मागेको थियो । उक्त घटनामा सहयोगी भएको आरोप लागेका अन्य ४ जनालाई पनि जनही २० हजार धरौटी लिने फैसला पौडेलको इजलासले सुनाएको छ ।

तपाईको प्रतिक्रिया