लालबाबुको ट्वीट सरकार जुनसुकै बेला पनि पिडितको साथमा


Share This


नेपालबहस संवाददाता    33 Views

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अविरल वर्षापछि उपत्यकामा भलबाढी पस्दा भएको जनधनको क्षतिप्रति अत्यन्त दुखि भएको बताएका छन् ।

सामाजिक सञ्जालमा ट्वीटर ट्वीट गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले सरकार जुनसुकै बेला पनि पिडितको साथमा रहेकोले हर समय आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।

मन्त्री पण्डितले ट्वीट मार्फत बाढीबाट मृत्यु भएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दै प्राकृतिक विपत्तिमा सम्भव भएसम्म पूर्व तयारी अपनाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया