बाढि पिडित परिवारलाई ९९ हजार नगद सहयोग


Share This


नेपालबहस संवाददाता    71 Views

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख ९ मेयर विजय कुमार सरावगीले गत वर्ष भएको अविरल बर्षा कारण आएको बाढिबाट घर गुमाएका तिन परिवारलाई ९९ हजार नगद सहयोग गरेका छन् ।

वीरगंज महानगरपालिका वडा नं. २४ बगहीमा बुधबार आयोजित जनता मेयर आमने – सामने  कार्यक्रममा मेयर सरवागीले तिन बढि पिडित परिवारलाई ग्लोबल सेपर्स हव काठमाडौँको सहयोग र व्यक्तिगत श्रोतबाट गृह निर्माणका लागि प्रत्येक परिवारलाई ३३ हजार रुपैया नगद हस्तान्तरण गर्नु भएको हो ।

नगर प्रमुख सरावगीले बगहीका सिताराम सहनी, चुन्नी यादव र रामप्रित ठाकुरलाई गृह निर्माण गर्न ३३ हजारको दरले नगद हस्तान्तरण गर्नु भएको छ । प्रत्येक परिवारलाई ग्लोबल सेपर्स हव काठमाडौँले प्रदान गरेको १७ हजार र बाकि १६ हजार व्यक्तिगत श्रोतबाट उपलब्ध गराई मेयर सरावगीले हस्तान्तरण गरिएको बताए ।

तपाईको प्रतिक्रिया