विश्वका १ सय ५५ देशमा एप स्टोरका प्रयोगकर्ता बढ्दै


Share This


नेपालबहस संवाददाता    31 Views

काठमाडौं । एप्पलको एप्लिसन स्टोरको रुपमा रहेको एप स्टोरका प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

एप्पलका अनुसार विश्वका १ सय ५५ देशमा एप डाउनलोड तथा प्रयोग गर्नका लागि एप स्टोरमा प्रयोगकर्ताले बिताउने समयमा वृद्धि हुँदै गएको छ । एप स्टोरले आगामी जुलाई १० मा स्थापनाको दशौँ वर्षगाँठ मनाउन गैरहेको छ ।

सन् २००८ मा ५ सयवटा एपको साथमा एपस्टोर सुरु भएको थियो । यसले सांस्कृतिक, सामाजिक तथा आर्थिक विषयवस्तुमा, मानिसका क्रियाकलाप, खेल, भेटघाट, घुमफिर लगायतका धेरै चिजमा परिवर्तन ल्याएको प्रयोगकर्ताहरुले बताएक छन् ।

सन् २००९ मा एप्पलले एप स्टोरमा इन–एप पर्चेज अर्थात् आइएपी सेवा सुरु गरेको थियो । जस अनुसार प्रयोगकर्ताले कुनैपनि एपलाई सुरुमा डाउनलोड गर्ने र विभिन्न लेभल तथा फंक्सन अनलक गर्नका लागि रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

सुरुवातमै एपस्टोर यति लोकप्रिय बन्यो कि सन् २०१० को जुनसम्ममा आइएपीबाट एप डेभलपर्स तथा सशुल्क एपका लागि गरी १ अर्ब डलर भुक्तानी भैसकेको थियो । एप्पलका अनुसार सन् २०१७ बाट एप सब्सक्रिप्सन ९५ प्रतिशतले बढेको छ र जुन २०१८ सम्ममा एप स्टोरबाट एप डेभलपर्सले १ खर्ब अमेरिकी डलर आम्दानी गरिसकेका छन् ।

‘पहिलो दशकमै एप स्टोरले हाम्रा सम्पूर्ण अपेक्षाहरु पार गरेको छ । डेभलपर्सहरुले गरेको सिर्जना तथा आगामी दश वर्षमा एप स्टोरमा उपलब्ध हुने सामाग्रीहरुको विषयले हामी निकै गौरवान्वित छौँ’, एप्पलले भनेको छ ।

लामो समयदेखि आइओएस डेभलपरको रुपमा रहेका मार्को आर्मेन्टले भनेका छन् कि एपका माध्यमबाट धेरै भन्दा धेरै मानिससम्म पुग्न एप डेभलपर्सका लागि एपस्टोर सबैभन्दा सजिलो सजिलो माध्यम बनेको छ ।

आइफोन तथा आइप्याडमा मल्टिटच टेक्नोलोजीको विकास भएसँगै एपस्टोरमा प्रसस्तै अत्याधुनिक गेमिङ एपहरु पनि थपिएका छन् । जसले स्मार्टफोन गेमिङलाई नयाँ उचाईमा पुर्याएको छ ।

त्यस्तै मोबाइमार्फत भिडियो हेर्ने दरमा पनि एपस्टोरका कारण भारी वृद्धि भएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया