केएल टावर र ताम्राकार मोवाइल कम्प्लेक्समा मोबाइलको मेगा मेला सुरु, लक्किड्र कुपनबाट मलेसिया घुम्नेदेखि बाइक हाँक्ने मौका


Share This


नेपालबहस संवाददाता    376 Views

२९ भदौ, काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने आयोजकले बताएका छन् । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रपका ब्राण्ड एम्बासडर बिजय लामाले गरेका थिए ।

यसको साथै मेलामा ६० प्रतिशत सम्म छुटका मोबाइल पनि रहेका छन् । अफर भित्रको पनि अफर योजना लगायत केएल मोबाइल हबको योजना सँगै बिभिन्न मोबाइल कम्पनीले दिने योजना पनि समाबेश गरिएको छ ।

केएल मोबाइल हव संचालनको अबसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरि कुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । बिजयी भएका दुलाललाई नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बासडर बिजय लामाले एस ८ प्लस हस्तान्तरण गरेका थिए । यसैगरि बिजय लामा सँगै मलेसिया र सिंगापुरको भ्रमण गर्ने अबसर धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन् । बिहिबार ब्राण्ड एम्बासडर लामा स्वयंले लक्की ड्र निकाल्दा यो अबसरको फाइदा लिने भाग्यमानी ग्राहकमा बिष्ट परेकी हुन् ।

दशैं तथा तिहारको अबसर पारी सुरु गरिएको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र बिभिन्न एशोसरिज प्राप्त गर्ने ब्रान्च मेनेजर उर्मिला लामाले बताइन् ।

मेगा मेलामा नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटको कारोबा हुने छ भने घरमा थन्कीएर बसेका नबन्ने मोबाइल सेटहरु पनि साट्न पाइने ब्यबस्था गरिएका कारण ग्राहकले प्रत्यक्ष फाइदा लिन सक्ने बिश्वास केएल मोबाइल हबका सेल्स मेनेजर अजय लामाको छ । मेगा मेला तिहार सम्म संचालनमा आउने आयोजकले जनाएको छ ।

ताम्राकारमा मोवाइलमात्रै ७ करोड ५० लाख बढीको कारोबार

ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा मोबाइल पारखी र अबलोककर्ताको घुइँचो लागेको छ । दशैंतिहारको बहार ताम्राकार मामोबाइल किन्दा उपहार नै उपहार स्लोगन दिइएको यो मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै ताम्राकार मोबाइलब्यापार संघका अध्यक्ष जगत साउले ७ करोड ५० लाखभन्दा बढीको कारोबार भइसकेको बताए । लेनेभो मोबाइल र मोटोरोला मोबाइलको बिशेष सहयोग रहेको यो मोबाइल मेलामा लक्की ड्रमार्फत २० भन्दा बढी स्मार्ट फोन, पावर बैंक, ब्लुतुथ हेडफोनको लक्की ड्रमार्फत बितरण गरिएकोब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए ।

सोचे भन्दा कारोबार उच्च रहेको बताउँदै ब्यापार संघका सचिब गुरुदत्त शर्माले असोजको पहिलो हप्ताबाट दैनकि ब्यापार अहिलेको भन्दा ३ गुणाले बढ्ने दाबी गरे ।

मोबाइल पारखीहरुको मनमा बसेको नेपालको एकमात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ । हरेकबर्ष जस्तो यो बर्ष पनि दशंैदेखि तिहारसम्म हरेक दिन लक्की ड्रमार्फत हरेक दिन मोबाइल, पावर बैंक लगायतका उपहारहरु बितरण गरिरहेको छ ।

मोबाइल मेला अबधीभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, लेनेभोलगायत सबै ब्राण्डका मोबाइलफोनहरुको कारोबार
भइरहेको छ ।

बम्पर उपहार स्वरुपप्रदानगरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै वितरण गरिने छ भने एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार