कवाड सङ्कलन बहानामा चोरी गर्ने भारतीय दुई नागरिक पक्राउ


Share This


नेपालबहस संवाददाता    66 Views

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले कवाड सङ्कलन गर्ने बहाना चोरी गर्ने भारतीय दुई जनालाई पक्राउ गरेको छ ।

चोरीको अभियोगमा पक्राउ पर्नेमा मोतिहारी, गुम्ती थान मोतिपुर–३२ का १९ वर्षीय करण पोदार र बिहारको समस्तिपुरस्थित महदिलगर थानाका १७ वर्षीय सुरज पोद्दार छन् ।

महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीका अनुसार उनीहरुको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ ७२ हजार, अमेरिकी डलर १ हजार १ सय ३५, चोरी गर्दा प्रयोग गरिने फलामको रड, दुई वटा हिराको औंठी, विभिन्न सुनका गरगहना अन्दाजी ६ तोला, मोतीको माला ३ वटा, क्यानडियन डलर ५५, लागूऔषध फेनेरागन, डाइजिल्याप, नोफिन ७८ वटा लगायतसहित उनीहरूलार्इ पक्राउ गरिएको हो ।

उनीहरुले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा कवाडका सामानहरु सङ्कलन गर्ने बहाना बनाएर घरमा कोही नभएको मौका पार्दै घरको ढोका र झ्याल फोडेर चोरी गर्ने गरेको उप्रेतीले बताए ।

विशेष सूचनाको आधारमा डल्लु आवास क्षेत्रमा निगरानी गर्ने क्रममा महाशाखाका टोलीले उनीहरुलाई सोनी श्रेष्ठको घरमा ३१ लाख ३३ हजार रुपैयाँ चोरी गरेर लाँदालाँदै उनीहरू पक्राउ परेको बताइएको छ ।

उनीहरुमाथि चोरी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया