विश्वकपको ४ लाखको सट्टाबाजी लगाउँदै गर्दा ३ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    51 Views

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको काठमाडौंमा ४ लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनाङ निसाङ गाउँपालिका–७ का ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय सुवास गुरुङ र ३३ वर्षीय मुखिया गुरुङ छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ४ लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा उनीहरुलाई काठमाडौंको ज्याठाबाट पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।

उनीहरूमाथि सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी प्रहरी वृत्त दरवारमार्गमा राखेर अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया