जुवातास खेल्दै गरेको ठाउँबाट १० जना पक्राउ


Share This


नेपालबहस संवाददाता    39 Views

भक्तपुर । जुवातास खेलीरहेकै अवस्थामा मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबराहीबाट १० जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

बोडे निलबराहीका ३४ वर्षीय देवकृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेको गोप्य सुचनाको आधारमा १० जनालाई नगद ४३ हजार ३ सय ५ रुपैँया र २ बुक तास ‍सहित प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेल्दै गर्दा पक्राउ परेका १० जना विरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया