हातहतियार सहित २ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    35 Views

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकाबाट प्रहरीले भरुवा बन्दुक,बन्दुकको नाल र तरबार १ थान सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरीले रोशी गाउँपालिका ६ कालिञ्चोक बस्ने ३८ वर्षीय लोकेन्द्र तामाङलाई घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार बरामद भएपछि उनलाई पक्राउ गरेको हो ।

यस्तै बाँकेको सोनारी गाउँपालिका–६ कमैया डाँडागाउँ बस्ने रामबहादुर थारूलाई कटुवा पेस्तोल १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

निज थारु हाल दाङ प्रहरीको नियन्त्रणमा रहेको खुल्न आएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया