खेतमा पानी लगाउदा करेन्ट लागेर एकको मृत्यु


Share This


नेपालबहस संवाददाता    31 Views

बारा । मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर बाराको देवताल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । देवताल गाउँपालिका ५ पिपडाडी बस्ने ४५ वर्षीय रामाकान्त चौधर्री पानी लगाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

चौधरीलाई उपचारको लागि बीरगंज हेल्थ केयर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार