पानी ट्याङकी भित्र खसेर मृत्यु


Share This


नेपालबहस संवाददाता    24 Views

भक्तपुर । घरायसी प्रयोजनका लागि पानी बोक्ने ट्याङकरबाट पानी निकाल्ने क्रममा ट्याङकी भित्र खसेर एक जनाको मृत्यु भएको छ ।

सूर्यबिनायक नगरपालिका–३ वालकोट नयाँवस्ती बस्ने २३ वर्षीय सुभाष चौलागाईको पानी ट्याङकी भित्र खसेर मृत्यु भएको छ ।  सोही ठाउँ बस्ने पदम बहादुर सुनुवारको घर कम्पाउण्ड पछाडी रहेको रिजर्भ ट्याङ्कीमा बिहीबार भद्रकाली खानेपानी सेवा झौखेलको बा.५ ख ८२७१ नम्बरको ट्याङकरबाट पानी हाल्ने क्रममा ट्याङकी भित्र खसेर बेहोश भएका चौलागाईको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको लागि पदमबहादुर सुनुवार र टयाङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया