बम फ्याँक्ने हवल्दारलाई बढुवाको उपहार


Share This


नेपालबहस संवाददाता    160 Views

६ साउन, काठमाडौं । दाङको तुल्सिपुरस्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्काल टिपेर मतदानस्थल बाहिर फाले लगत्तै सेलिब्रिटी प्रहरी बनेका हवल्दार दुर्गाबहादुर रानाले बढुवाको उपहार पाउने भएका छन्।प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार उत्कृष्ट काम गरेवापत् बढुवा हुनेहरुको सूचीमा रानाको पनि नाम रहेको छ। उनी हवल्दारबाट असईमा बढुवा हुनेछन्। बढुवाको खबर पाएपछि पहिलोपोस्टसित कुरा गर्दै रानाले राष्ट्रले आफ्नो कामको मूल्याङ्कन गरेकोमा खुसी भएको बताए।

राना यही मंसिर महिनामा अवकाश पाउँदै थिए। यसअघि गृहमन्त्री जनार्दन शर्माले उनलाई भेटी उनको कामको मूल्याङ्कन हुने बताएका थिए।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षति हुनबाट जोगाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार