अवैध सुन तस्करीमा संलग्न दुई युवालाई संगठित अपराधको मुद्दा


Share This


नेपालबहस संवाददाता    143 Views

२९ साउन, काठमाडौं । अवैध रुपमा केरुङबाट नुवाकोट हुँदै काठमाडौं ल्याउन लागेको सुन तस्करीमा संलग्नलाई प्रहरीले जिल्ला अदालत नुवाकोटमा संगठित अपराधविरुद्धको मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

मोटरसाइकलको ‘चेनबक्स’मा लुकाएर काठमाडौं ल्याउन लागेको आठ किलो एक सय ग्राम सुन तस्करी गर्ने रसुवा उत्तरगया गाउँपालिका–५ का ३७ वर्षीय दीपक घले र पार्वतीकुण्ड गाँउपालिका–५ का २७ वषीय फुर्वा तामाङविरुद्ध प्रहरीले आज नुवाकोट अदालतमा संगठित अपराधविरुद्धको मुद्दा दर्ता गरेको हो ।

पक्राउ परेका दुवै जनालाई आज पत्रकार सम्मेलनमार्फत अवैध सुन ओसारपसारको मुद्दा भन्सार ऐनअनुसार चल्ने भए पनि रु तीन करोडभन्दा बढीको सामग्री भएकाले संगठित अपराधमा कारबाही गरी त्यसपछि मात्र भन्सार ऐन मुद्दा आकर्षित हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया