मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा १ जनाको मृत्यु


Share This


नेपालबहस संवाददाता    27 Views

काठमाडौं । नारायणहिटी दरबारको उत्तरढोकामा मोटरसाइकल दुर्घटनामा हुदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीले बताए ।

बा७१प ७८४३ नंको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा तामाङ गम्भीर घाइते भएका थिए । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएकोे हो ।

तपाईको प्रतिक्रिया