गएराति घरमै सुतेको समयमा सर्पदंशका कारण दुईको मृत्यु


Share This


नेपालबहस संवाददाता    22 Views

महोत्तरी । महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ ।

त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई सर्पले डसेको र उपचारका क्रममा ज्यान गएको छ ।इलाका प्रंहरी कार्यालय गौशालाले दिएको जानकारीअनुसार सुशीलकुमार सिंह आइतबार साँझ खेतबाट काम गरेर फर्किएपछि अचानक बेहोस भएको र उनलाई तत्कालै उपचारका लागि बर्दिवासस्थित शुभस्वतिक हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा सर्पले टोकेको पत्ता लागेपछि सर्पदंश उपचार केन्द्रमा पठाएको तर उनको उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक भोला भट्टले बताए। पछिल्लो समय महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया